अष्ट्रेलियालाई कामदारकाे आवश्‍यकता, वार्षिक तलब १.८ करोडसम्म, खान बस्न नि:शुल्क

काठमाडौं। बर्फीलो क्षेत्रमा काम । वार्षिक तलब १.८ करोडसम्म । खान र बस्न निःशुल्क । यो रोजगार अष्ट्रेलिया सरकारले जारी गरेको छ । छानिएका उम्मेदवारहरूले अन्टार्कटिकाको रिसर्च स्टेशनमा काम गर्नुपर्नेछ ।

अन्टार्कटिकामा अष्ट्रेलियाको रिसर्च स्टेशनलाई विभिन्न कार्यहरूको लागि १५० भन्दा बढी कामदारहरू चाहिएकाे छ । यसमा डाक्टरहरू, आईटी अधिकारीहरू, प्लम्बर, इलेक्ट्रिशियनहरू, कारपेन्टरहरूसहित धेरै कामहरू समावेश छन् ।

शीर्ष शेफहरूले अन्टार्कटिकाको बर्फीलाे रिसर्च स्टेशनमा काम गरिरहेका व्यक्तिहरूका लागि खाना पकाउनेछन् । त्यहाँ बस्ने कममदारहरूले नयाँ सीपहरू सिक्ने मौका पनि पाउनेछन् ।

डाक्टरको तलब वार्षिक १.४ करोड रूपैयाँ हुनेछ । आईटी अफिसरले ५२ लाख रूपैयाँ वार्षिक पाउनेछन् । यहाँ काम गर्नेलाई तलब बाहेक ४३ लाख रुपैयाँ विशेष भत्ताका रूपमा दिइनेछ । यसको मतलब डाक्टरले वार्षिक १.८ करोड पाउनेछन् ।

तपाईहरू antarctica.gov.au मा उम्मेदवार रोजगारको बारेमा अरू जानकारी पाउन सक्नुहुन्छ । अस्ट्रेलियाको अन्टार्कटिका डिभिजन भन्छन कि उनीहरूलाई हरेक क्षेत्रबाट कुशल कामदारहरू चाहिएकाे छ । छनाेट भएका व्यक्तिको रोजगारी ४ महिना देखि १५ महिनासम्म हुन सक्छ । यी रोजगारीका लागि आवेदन गर्ने व्यक्तिहरूलाई साइक्लोजिकल टेस्ट र मेडिकल उपयुक्त परीक्षण पनि गरिनेछ ।