धनुषा वि’ष्फोटः विप्लवको संलग्नता !

काठमाडौं। तीन जनाको ज्या न जानेगरी धनुषाको महेन्द्रनगरमा भएको ब म वि ष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

चन्दा माग्दा नदिएकाले घरमा ब म राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (९डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर ब म वि ष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

“व्यक्तिगत कारणले ब म राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घ टनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृ त्यु भएको थियो ।

स्थानीय राजेश साहको घरको गेटमा राखिएको ब म वि स्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घट नास्थलमै मृ त्यु भएको थियो भने सोही वि स्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्या न गएको छ ।

वि ष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घा इते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा ब म राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै वि ष्फोट भएको जानकारी दिनुभयो ।

स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले वि ष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उहाँले खण्डन गर्दै प्रहरीले ब म छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।

प्रनाउ कार्कीले भन्नुभयो, “घ टनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्को पटक फोन गर्दा घ टना भइसकेको खबर पाएँ ।” उहाँले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा वि ष्फोट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला भन्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टु क्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी वि ष्फोट गराइएको छ ।”

उहाँले वि ष्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताउनुभयो । उहाँले पनि प्रहरीले पोको नछोएको जिकिर गर्नुभयो । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झु ण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झु ण्डिएको झोला ब म हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घ टनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई प क्राउ गरेको छ ।

उक्त घ टना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले ब म वि स्फोट गराएको थियो ।

वि ष्फोटमा तीन जनाको मृ त्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा वि स्फोट भएको थियो । उक्त घटनामा ब म बनाउँदै गरेका उक्त समूहका सदस्य नै मा रिएका थिए । सुकेधारामा वि स्फोट भएकै समयमा घट्टेकुलोमा पनि वि स्फोट भएको थियो ।

गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै ब म वि ष्फो ट गराएको थियो । वि ष्फोटमा सिंहप्रसाद गुरुङको मृ त्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घ टनामा संलग्नहरु प क्राउ परिसकेका छन् ।

विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ । – रासस