रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद

काभ्रे। म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन् । मंसिर १० गते कुशादेवी झरेका उनीहरुले २३ परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले हट्न निर्देशन दिएका हुन् ।

‘शरणार्थी हुन् भन्ने आएको ३ दिनपछि मात्रै थाहा पायौं, काम गर्न अनुमति नभएको र नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं।’ सत्यरामको भनाई उद्धत गर्दै उनका भतिजा रामेश्वरले भने। त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए। खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताए।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए। ‘यतिका संरचना बनाइसक्यौं, अहिले केके कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ,’ युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन।’ पुरा पढ्नुहोस …