साउदी अरबले लगायो कामदारमाथि कडा नियम

काठमाडौं। साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो । बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो।

साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ। साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ। पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन्। जसमा नेपालीसमेत छन्। विदामा नेपाल आउने र विदा सकिदा सम्म पनि काममा नफर्कने नेपालीले पनि अब तीन वर्ष सम्म त्यो देशका लागि भिषा नपाउने भएको हो । कान्तिपुरमा समाचार छ ।

पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन्। जसमा नेपालीसमेत छन्। कामदारहरू कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि पुरानो रोजगारदातासँग काम गर्न इच्छुक नदेखिएका हुन्। ‘म भिसा रद्द नगरी आएको थिएँ। राम्रो तलब मिल्ने काम पाए अन्तै जाने योजना बनाएको छु,’ साउदीमा तीन वर्ष काम गरी फर्केका रूपन्देहीका उज्ज्वल मगरले भने, ‘अहिले पनि भिसाको अवधि बाँकी छ। तर जाने योजना बनाइसकेको छैन।’

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष बिदामा आएका ४४ हजार ४ सय ९३ नेपाली फर्केर साउदी गएका थिए। जसमा चार सय ४६ महिला थिए। गत वर्ष पुरानासहित १ लाख १७ हजार ९ सय ४ जना साउदी गएका थिए।