विश्वका यी १० मुलुक जहाँ सबैभन्दा धेरै करोडपति बस्ने गर्छन्

काठमाडौं । विश्वका यी १० मुलुकमा सबैभन्दा बढी करोडपति बस्ने एक रिपोर्टले दाबी गरेको छ । विश्वको प्रतिष्ठित ग्लोबल वेल्थ डाटाबुक २०१९ले सार्वजनिक गरेको एक रिपोर्टमा अमेरिकादेखि स्पेनका करोडपति उक्त मुलुकमा बस्ने गरेको उल्लेख छ । यस रिपोर्टका अनुसार अमेरिका पहिलो नम्बरमा पर्न सफल भएको छ। अमेरिकामा हाल १.८६ करोड व्यक्तिहरु करोडपति छन्। त्यसैगरी, दोस्रो नम्बरमा चीन रहेको छ । चिनमा ४४.४७ लाख व्यक्तिहरु करोडपति रहेका छन्। तेस्रो नम्बरमा जापान रहेको छ।

रिपोर्टअनुसार जापानमा हाल करोडपतिको जनसंख्या ३०.२५ लाख रहेको छ। अर्थात् ३०.२५ लाख व्यक्तिहरु करोडपति छन्। चौथो नम्बरमा वेलायत रहेको छ । वेलायतमा २४.६० लाख व्यक्तिहरु करोडपति रहेका छन्। रिपोर्टको पाँचौं नम्बरमा परेको छ जर्मनी जहाँ २१.८७ लाख व्यक्तिहरु करोडपति छन्। यसैगरि छैंटौ नम्बर फ्रान्स रहेको छ। फ्रान्समा २०.७१ लाख व्यक्तिहरु करोडपतिहरु रहेका छन्। त्यस्तै सातौं नम्बर इटाली पर्न सफल भएको छ । यस देशमा १४.९६ लाख व्यक्तिहरु करोडपति बस्ने गर्छन् ।

रिपोर्टको आठौँ नम्बरमा पर्न सफल भएको देश हो क्यानडा । क्यानडामा १३.२२ लाख व्यक्तिहरु करोडपति बास गर्छन्। त्यसैगरी नौं नम्बरमा रहेको छ अस्ट्रेलिया, जहाँ ११.८० लाख व्यक्तिहरु करोडपति छन्। यसैगरि रिपोर्टको १०औं नम्बरमा स्पेन परेको छ, जसमा ९.७९ लाख व्यक्तिहरु करोडपति बस्ने गर्छन्।