३८ जना सवार विमान सोमबारदेखि सम्पर्कविहीन

एजेन्सी। चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट अन्टाक्र्टिकातर्फ उडेको हर्कुलस सी १३० चिलियन एयरफोर्सको कार्गो विमान सोमबारबाट सम्पर्कविहीन भएको छ।

उक्त विमानमा ३८ यात्रु सवार रहेको चिलीको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ । सो बिमान स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा पुन्टा एरेनासबाट उडेको थियो।

विमान त्यसको करिब ३ घण्टापछि सम्पर्कबाट बाहिरिएको थियो । विमानको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।