संसदमै पुरुष सांसदको चर्तिकला: महिला सांसदसंग जिस्किने, मा’त्तिने र टाँसिने गर्छन !

पोखरा । गण्डकी प्रदेशको संसद भवन भित्र महिला सांसदहरु यौ न हिं सा को शि कार हुने गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौ न हिं सा भएको बताइन् ।

कान्तिपुर दैनिकमा समाचार छ। ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौ न हिं सा भएको छ । तर, इज्जतको ड रले सहन बाध्य छौँ।’

पुरुष सांसदहरुले जिस्किने र मा त्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँ सिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् ।

पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठो क्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै र फ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’