कुस्तीमा संगीताले दिलाइन नेपाललाई पहिलो स्वर्ण

जनकपुरधाम। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

सन्दीपाले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी महेन्द्रनगरकी हुन्।