छाउगोठमा मृ’त्यु भएकी युवतिका जेठाजु प’क्राउ

अछाम। मंसीर १६ गते छाउगोठमा मृ’त्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले प’क्राउ गरेको छ । पार्वतीका जेठाजु छत्र राउतलाई आज प’क्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

उनले प्रहरी प्रधान कार्यालय र सरोकारकावाला निकायसँगको छलफलपछि जेठाजु राउतलाई प’क्राउ गरेको जानकारी दिए । मुलुकको प्रचलित कानूनले महिनावारीको समयमा छाउगोठमा बसाउनुलाई गैरकानुनी मान्छ । अहिलेसम्म कानून बने पनि कार्यान्वयन हुन सकेको थिएन । तर, १६ मंसीरमा अछाममा छाउगोठमै २१ वर्षीया पार्वतीले ज्यान गुमाएपछि पहिलोपटक प्रहरीले कानून कार्यान्वयनमा अग्रसरता देखाएको छ ।

मुलुकी अ प रा ध संहिताको दफा १६८ को उपदफा ३ मा ’महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अ’मा’नवीय व्यवहार गर्नु गराउनु हुँदैन’ भनिएको छ । सो दफा अनुसार छाउगोठमा बस्नु पनि द’ण्ड’नीय हो । परिवारका सदस्यहरूले जाहेरी नदिए पनि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा प’क्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।