भावी चीफलाई ब’द्नाम विभागको जिम्मेवारी !

काठमाडौं । नेपाली सेनामा उपरथी (दुईतारे जर्नेल) हरूको विभाग हेरफेर भएको छ । यस हेरफेरमा कमिसन र कमाइको दृष्टिले नेपाली सेनाभित्र आकर्षकको विभागका रूपमा चर्चामा रहेको सम्भाररथी विभागको पनि नेतृत्व फेरिएको छ । यो विभागलाई मूलतः आपूर्तिकर्ता, व्यापारी र सरोकारवालाबीच बद्नाम छवि बनाएको विभागका रूपमा लिइने गरेको बताइन्छ । नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नेतृत्वमा आएदेखि नै यस विभागमा रहँदै आएका उपरथी रघु भण्डारीलाई यस विभागको नेतृत्वबाट बिदाइ गरिएको छ ।

त्यसो त प्रधानसेनापति थापाको नेपाली सेनालाई स्वच्छ, स्वस्थ, भ्रष्टाचाररहित संस्थाका रूपमा अगाडि बढाउने सोचमा सम्भाररथी विभागको प्रमुखका रूपमा रहँदा झन्डै डेढ वर्षको यस अवधिमा उपरथी भण्डारीले स्वदेश र विदेशको खरिदमा स्वच्छता, नियमिता अपनाउन सकेको देखिएन । खरिदमा हुने सेटि¨ तोड्न पनि जाँगर लगाएको पाइएन भन्ने गुनासो रहेको थियो । स्वदेश र विदेशको खरिदमा स्वच्छता र खुल्ला प्रतिस्पर्धाका लागि पनि कुनै योजना अघि सार्न नसकेको र त्यससम्बन्धी कुनै छनक र संकेतसम्म नै देखाउन नसकेको आरोप सरोकारवालाहरूले लगाउँदै आएका थिए ।

नेपाली सेनाभित्रको सम्भाररथी विभागको यसखाले अकर्मण्यता र विवादास्पद कार्यशैलीका कारण यस विभागप्रति सरोकारवालाहरूले आलोचनासमेत गर्ने गरेको पाइन्छ । यसको खास कारणचाहिं सेटिङका आधारमा टेन्डर छनौट गर्ने, अर्को पक्षचाहिं टेन्डर निकाल्ने तर आपूर्तिकर्तालाई सहज रूपमा कुनै पनि वस्तु तथा सामानको आपूर्तिका लागि नमुना टेस्ट स्याम्पल प्रदान नगर्ने, टेन्डर हाल्ने अन्तिम दिनसम्म पनि गुणस्तर परीक्षणका लागि नमुना नदिने, आपूर्तिका लागि नमुना ल्याब टेस्ट गरेर रिपोर्ट ल्याउनै एक महिना लाग्ने भएतापनि समयमै सामानहरूको समेत नमुना उपलब्ध नगराउने, अन्त्यमा सेटिङका आधारमा जर्नेल–कर्नेलको नजिक रहेका आपूर्तिकर्ताहरूलाई टेन्डर पार्ने प्रवृत्तिले गर्दा यस विभागप्रति सम्बद्ध सरोकारवालाहरूको व्यापक गुनासो रहँदै आएको छ । र, सेनाको खुल्ला टेण्डरको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठ्ने गरेको स्रोतको भनाइ छ ।

यस पृष्ठभूमिमा त्यस्तो बद्नाम र विवादास्पद विभाग अहिलेको हेरफेरमा महŒवपूर्ण विभागीय प्रमुख (डीजीएमओ) रहेका र सामान्य अवस्थामा २०७८ साल भदौमा प्रधानसेनापतिको नेतृत्व गर्ने निश्चित मानिएका उपरथी प्रभुराम शर्मालाई संभाररथी प्रमुखको जिम्मेवारी दिइएको छ । संभाररथी विभागको नेतृत्वमा उपरथी शर्माको आगमनस“गै नेपाली सेना तथा व्यापारी, ठेकेदार र आपूर्तिकर्तालगायत सम्बद्ध सरोकारवालाबीच यस विभागको विगतको कार्यशैली र प्रवृत्तिका कारण थुप्रै प्रश्नहरू पनि जोडिएर नेपाली सेनाको वृत्तमा चर्चा सुरु भएको बताइन्छ ।

मूल रूपले सम्बद्ध सरोकारवालाहरूले नया“ विभागीय प्रमुख शर्माले विगतका विकृति–विसंगतिहरू सुधार गरेर जालान् कि वा त्यस्ता विकृति–विसंगति र बेथितीलाई कायमै राखेर निरन्तरता दिने हुन् भन्ने कोणबाट उनको विगतको कार्यशैली, भावी भूमिका र प्रतिष्ठास“ग समेत जोडेर यसलाई विश्लेषणको विषय बनाइएको सैनिक स्रोतको दाबी छ ।

यस परिवर्तनसंगै उपरथी रघु भण्डारीलाई नेपाली सेनाको अर्को महत्वपूर्ण विभागका रूपमा मानिने नीति निर्माण विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्का उपरथी राजेन्द्र कार्कीलाई नेपाली सेनाको सैन्य अप्रेसन्स विभाग(डीजीएमओ)को नेतृत्वको जिम्मेवारीमा ल्याइएको सैनिक स्रोत बताउ“छ ।

भावी प्रधानसेनापतिलाई चुनौती

नेपाली सेनाको महत्वपूर्ण विभागका रूपमा रहँदै आएको तर विवादास्पद र अपारदर्शी क्रियाकलापका कारण आफ्नो धूमिल छवि कायम गरेको सैनिक सम्भाररथीप्रति नेपाली सेनाभित्र र नेपाली सेनाबाहिरबाट (मूलतः सरोकारवाला–आपूर्तिकर्ता, ठेकेदार, व्यापारी आदिको) अविश्वास रहनुमा यसको गतिविधि नै जिम्मेवार रहेको सैनिक स्रोतको दाबी छ । सम्भाररथी विभागमा हुने आर्थिक चलखेल र सेटिङका आधारमा हुने टेन्डर छनौटको निर्णय नै यसको कारकका रूपमा रहेको बताइन्छ ।

कुनै पनि टेन्डर आह्वान गरिसकेपछि दुई–दुई पटक टेन्डर रद्द गरिने गरिएको, समयमा सामानहरू आपूर्ति नहुने र सेटिङका आधारमा अन्त्यमा आफ्नै मान्छे र आपूर्तिकर्ताहरूलाई टेन्डर दिने यस विभागको कार्यशैली नै नयाँ विभागीय प्रमुखका रूपमा आएका उपरथी प्रभुराम शर्माका लागि चुनौतीहरू भएको टिप्पणी समेत गरिंदैछ ।

यसैबीच सेनाले झन्डै ५० करोड रुपैयाँको लागत इस्टिमेट रहेको क्वाइल म्याट्रेसको टेन्टर दुई पटक रद्द भएको र यससंगै यस्ता खाले अन्य समस्याहरूको औचित्य पुष्टि के कसरी होला र भविष्यमा कसरी सम्बोधन होला भन्ने विषयसमेत सरोकारवालाबीच अहिले जिज्ञासाका रूपमा रहेको छ । सम्भाररथी विभागलाई हिजोका विकृति–विसंगति र बेथितिहरूबाट मुक्त गर्नका लागि के कस्ता योजना नयाँ विभागीय प्रमुखबाट सम्बोधन हुने हो भन्ने यससंगै सरोकारवालाहरूको अपेक्षासमेत बढेको छ । आगामी दिनमा अवश्य पनि विवादरहित र पारदर्शी रूपमा विभाग अघि बढ्ने अपेक्षा विभागीय प्रमुखमा उपरथी प्रभुराम शर्माको प्रवेशसंगै आशाचाहिं पलाएको छ ।

यसका पछाडि सैनिक संगठनलाई स्वच्छ, स्वस्थ र भ्रष्टाचारसहित रूपमा अघि बढाउने प्रधानसेनापति थापाको प्रतिबद्धता कार्यान्वयनमा उपरथी प्रभुराम शर्मा सहयोगी रहने र उपरथी शर्माकै भावी प्रधानसेनापति पदको यात्रालाई सुशासनयुक्त कार्यशैलीका आधारमा अगाडि बढाउनुपर्ने दायित्वले निर्णायक हुन सक्ने अनुमानसमेत गरि“दैछ । तसर्थ सैनिक सम्भाररथी विभागमा हिजोको जस्तो कार्यशैली सामानको नमुना नदिने, आपूर्तिकर्तालाई दुःख दिने, बारम्बार टेन्डर रद्द गर्ने, घूस खाएर गुणस्तरहीन सामानहरूको आपूर्ति गर्ने, विवादास्पद रूपमा टेन्डर दिएर करोडौं खाने, भण्डार अभिलेखमा तलमाथि पार्ने प्रवृत्तिमा सुधार आउला कि नआउला भन्ने कौतूहलता पनि यस सन्दर्भमा सिर्जना भएको छ । भावी प्रधानसेनापतिको विवादरहित यात्राका लागि रम्भाररथी विभागको नेतृत्वमा उपरथी शर्माले नेतृत्व पाएसंगै अपेक्षा भने चुलिएको चाहिं निश्चित नै हो ।

अवकाश र बढुवा

यसैबीच नेपाली सेनाका उपरथी कर्मेन्द्र लिम्बूले २०७६ मङ्सिर ३ गते अवकाश पाएका छन् । लिम्बूले अवकाश पाएस“गै रिक्त रहेको स्थानमा वरिष्ठ सहायक रथी निर्मल थापालाई बढुवा गर्ने तयारीस्वरूप फाइल उठिसकेको सैनिक स्रोत बताउ“छ । वरिष्ठ सहायक रथी थापा हाल सैनिक सचिव विभागमा कार्यरत रहेका छन् । (साँघु न्युज)