प्रचण्ड कार्यकारी होइन ‘जुनियर’ अध्यक्ष !

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षले केही दिनअघि नेकपा सचिवालय बैठकले आफूलाई कार्यकारी अध्यक्षको भूमिका दिएको भन्दै खुसी ओलीप्रति हार्दिककता प्रकट गरेका थिए।

तर, दाहालले प्रकट गरेको त्यो हार्दिकता एक साता नबित्दै पानीको फोका जसरी फुटेको छ। हुन त सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीमा निहीत कार्यकारी आफूलाई प्रदान गरिएको भनेर दाहालले खुसी व्यक्त गरेका बेला कतिपय पूूर्ब एमाले नेताहरुले सचिवालयको निर्णयलाई ‘विधानकै व्याख्या’ भएको रुपमा अथ्र्याउँदै आएका थिए। सचिवालय बैठकपछि दाहालले आफू पार्टीको कार्यकारी अध्यक्ष भएको भन्दै बाँकी पूूरै समय ओलीले सरकार हाँक्नेसमेत बताए।

पार्टी एकीकरणअघि भएको भनिएको आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ को पूर्ब माओवादी नेताहरुबाट खोजी भइरहेका बेला कार्यकारीले ललिपपपछि दाहालले सरकारको नेतृत्व अब पूरै अबधि ओलीले गर्ने बताएका हुन्।

कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ मा सोमबार बेलुका प्रधानमन्त्री ओलीले आफूमा निहीत अधिकार प्रचण्डमा सरेको नभइ दुई अध्यक्षको कार्यविभाजन मात्रै भएको बताएपछि दोस्रो तहका नेताहरु ओलीदेखि आगो भएका छन्। टेलिभिजन अन्तर्बार्तामा प्रधानमन्त्री ओलीले पार्टीको पहिलो बरियातामा आफैं भएको प्रष्ट पारेका छन्।

भूूषण दाहालसंगको टेलिभिजन अन्तर्वार्तामा ओलीले भनेका छन्,‘हिजो मैलेमात्रै बैठकको अध्यक्षता गर्ने गर्थें, अब मैलेमात्रै अध्यक्षता गर्ने ठाउँमा उहाँले अध्यक्षता गर्नुहुन्छ। कहिलेकहिले मन लाग्यो भने मैले पनि गर्छु।’ प्रधानमन्त्री ओलीले आफू सिनियर नै भएको दाबी गर्दै भनेका छन्‘ जतिसुुकै समान भने पनि अलिकति सिनियर र जनियर त भइहाल्छ नि।’