गरिमा बैंकमा बाँदरले पैसाको बिटो नै बोकेर हिँडेपछि… (भिडियो)

काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको गरिमा बैंकमा एउटा बाँदरले गरेको कृयाकलाप अहिले सामाजिक सञ्जालमा भाइरल भएके छ । एकजना ग्राहकसँगै बैंकभित्र पसेको बाँदरले सबैलाई चकित पारेको छ । त्यो बाँदरले एक मुठो पैसा बोकेर बसेपछि बैंकका कर्मचारी र ग्राहक अचम्म परे । निकै बेर पैसा काखमा बोकेर बाँदर बैंकको टेबलमा यता र उता गरिरह्यो ।

सामाजिक सञ्जालमा यो कुरा आएपछि बाँदरले पैसा लुटुर भागेको भन्दै खबर फैलीयो । तर त्यसो नभएको भन्दै गरिमा बैंकले स्पष्टिकरण दिएको छ । बैंककी एक कर्मचारीले भनिन्( पैसा साट्न आएका ग्राहकले बैंकभित्र नै बाँदर ल्याएका थिए। उनले आफ्नो पैसा बाँदरलाई नै बोक्न लगाएका थिए। बाँदर देखेर सबैजना उसैलाई हेर्न थाले।

बैंकभित्र छिरेपछि भने बाँदरले बोकेको पैसा कसैलाई छुन पनि दिएन। भिडियोमा देख्न सकिन्छ केही ब्यक्तिहरु पैसा ले पैसा भन्दै बोलिरहेका छन् । तर बाँदर पैसा बोकेर यता र उता गरिरहेको छ । उनले कसैलाई पनि त्यो पैसा दिएन । ‘बैंकका कर्मचारीले पैसा माग्न खोजे पनि लुकाउन खोज्यो,’ ती कर्मचारीले भने,‘अर्का कर्मचारीले पनि चेक बुक दिएर पैसा लिन खोज्नुभयो तर बाँदरले मानेन।’ पछि ती ग्राहकले जसोतसो बाँदरबाट पैसा लिए। काम सकेर ग्राहक र बाँदर फर्किए। हेर्नुहोस भिडियो: