मन्त्री यादवको व्यंग्य : प्रधानमन्त्रीले माया गरेर मन्त्रालय फेरिदिनुभयो

काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो मन्त्रालय हेरफेर भएको विषय प्रधानमन्त्रीको विशेषाधिकार भएको प्रस्टीकरण दिएका छन्।

उनले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्रीले ‘माया गरेर’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिदिएको भन्दै व्यंग्यसमेत गरे।

सोमबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्रीसमेत रहेका यादवले धेरै मन्त्रालयको अनुभव होस् भनेर नयाँ मन्त्रालयको जिम्मेवारीमा पठाएको हुन सक्ने टिप्पणी गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनले संविधान संशोधनको विषय राजनीतिक भएको र राजनीतिक निर्णयबाट नै अगाडि बढ्ने पनि बताए। ‘संविधान संशोधन गर्नेबारे दुई वर्षअगाडि नै हस्ताक्षर भएको हो, अब कार्यान्वयन गर्ने वेला आएको छ,’ यादवले भने।