पाकिस्तानले गर्यो भारतमाथि किरा आ’क्र’मण, करोडौँ दु’श्मन पठाएको दावी

एजेन्सी । भारतीय सञ्चारमाध्यमले आफ्नो देशमा पाकिस्तानले किरा आ’क्र’मण गरेको दावी गरेका छन् । सीमा क्षेत्रबाट करोडौँ दु’श्मन किरा आएको भारतीय दावी छ । भारतीय किसानले लगाएको फसल फट्याङ्ग्रालगायतका किराले सकेको छ ।

राजस्थानका जैसलमेर आसपासका झण्डै ३ सय गाउँमा पाकिस्तानबाट आएका किराले आ’तं’क म’च्चा’एका छन् । किसानले लगाएको अरबौँको फसलमा ब’र्बाद भएको भारतीय सञ्चारमाध्यमको दावी छ ।

सरकारी निकायले किरा मा’र्नका लागि विभिन्न प्रकारका वि’षादी प्रयोग गरेको छ । डेढ लाख हेक्टर जमिनमा पाकिस्तानी किराको आ’क्र’मण भएको सरकारी निकायले जनाएका छन् । २० ट्रक वि’षादी छरिसके पनि ‘किरा नियन्त्रणमा आउन सकेको छैन ।

विदेशबाट पाकिस्तानमा भित्रिएका किरा नियन्त्रणमा पाकिस्तानले चासो नदेखाएपछि ती किरा फैलिएर भारत प्रवेश गरेका थिए । भारतले आफ्नो देशमा असर निम्ताउनका लागि पाकिस्तानले किरा नियन्त्रण नगरेको आरो’प लगाएको छ ।

भारत र पाकिस्तानबीचका बैठक पनि पाकिस्तानले ब’हिष्कार गरेको भारतीय अधिकारीले दा’वी गरेका छन् । करोडौँको संख्यामा भारत भित्रिएका किराले अहिले घर, गोठ, सौचालयलगायत आसपासको सबै क्षेत्र ढाकेका स्थानीय बासिन्दाले बताएका छन् ।