युवतीको घेरामा प्रदीप हलमै रोईन जसिता, यस्तो छ ‘लभ स्टेशन’ को हल रिपोर्ट (भिडियो)

वर्षकै ठूलो रिलिज मानिएको फिल्म ‘लभ स्टेशन’ ले शुक्रवारबाट प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको फिल्मले सयको आसपासमा सिंगल स्क्रिनमा आफ्नो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ सँग प्रतिस्पर्धा भए पनि सिंगल स्क्रिनमा भने यो फिल्म एक्लै छ । यसकारण पनि फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

एकाध फिल्मबाहेक यस वर्ष निकै आशा गरिएका फिल्मले समेत दर्शकको चर्को अभाव खेपे । एकपछि अर्को फिल्मको व्यापार ठन्डाराम हुँदा अहिले नेपाली फिल्मका दर्शक हराएको चर्चा हुन थालेको छ ।

यो माहोलमा प्रदर्शनमा उत्रिएको ‘लभ स्टेशन’ ले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने फिल्मकर्मीमा ठूलो आशा छ । यो फिल्मको व्यापारले अभिनेता प्रदीप खड्काको स्टारडम मापन हुने पनि कतिपयको विश्लेषण छ । हलमै रोईन जसिता,यस्तो छ प्रदीपको ‘लभ स्टेशन’ (भिडियो सहित)