भारतले लियो बदला: यसरी मारिए काश्मिर आक्रमणका मुख्य योजनाकार रशिद

काठमाडौँ– भारतीय सुरक्षाफौज पुलवामा आक्रमणका मास्टर माइन्ड भनिएका घाजी अब्दुल रशिदको सहित दुइ जैश ए-मोहमदका आतंकवादिलाइ सोमबार इन्काउन्टर गरेको छ । इन्काउन्टरमा घाजी अब्दुल सशिद सहित अन्य दुइ आतंकवादीको मृत्यु भएको छ ।

जैस ए-मोहमद समुह मध्यका ५-६ जना आतंकवादीलाइ पुलवामा जिल्लाको पिङ्गला भनिने ठाउँमा भारतीय सैनिकहरुले घेरावन्दी हालेर आक्रमण थालेका थिए। भारतीय अनलाइन पोर्टल इंडिया टाइम्सले जनाए अनुसार आतंकवादि रहेको स्थान चारैतिरबाट ५५ राष्ट्रिय राइफल, प्रहरी र सीआरपीएफका जवानहरुको संक्युक्त टोलिले घेरा हालेको छ।

हालसम्म दोहोरो मुडभेडमा एक उच्च अधिकारी सहित चार भारतीया सैनिकको मृत्यु भएको समाचार छ। रिपोर्टका अनुसार एक आम नागरिकको पनि मृत्यु भएको छ। घटना पुरै नियन्त्रणमा नआएको, अपरेशन जारि रहेको समाचारमा छ। तस्विर: इंडिया टुडे/एएनआइ