काश्मीर आत्मघाती आक्रमणका मुख्य नाइके लुकेको घर बमले उडाइयो ६ जनाको मृत्यु

भारत प्रशासित काश्मीरको पलुवामा सोमबार फेरि दोहोरो झडप भएको छ। भारतीया सुरक्षाकर्मि र चरमपन्थी आतंकवादी बीच भएको भिडन्तमा दुइ आतंकवादी सहित चारजना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको समाचार भारतीय मिडिया जी न्युजले जनएको छ। समचारका अनुसार चरमपन्थी लुकेर बसेको घरनै बम प्रहरबाट ध्वस्त परिएको छ।

जम्मु कश्मिर पुलवामा जिल्लमा ४४ जना भारतीय अर्धसैनिक बलको मृत्यु हुनेगरि आत्मघाती आक्रमणका मुख्य नाइके अब्दुल रशिद गाजी लुकेर बसेको घरमा भारतीय सैनिकले बम हमला गरेर ध्स्वस्त बनाएपछि रशिदको मृत्यु भएको भारतीय मिडियाले दावी गरेका छन्। यद्यपि अधिकारिक रुपमा कुनैपनि मृतिक चरमपन्थीको नाम भने सार्वजनिक गरिएको छैन।

सर्च अभियानका क्रममा पलुवामा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीका एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता मनोज कुमारले बीबीसीलाई बताएका छन् ।

गएको विहीबार भारतीय सुरक्षाकर्मी चढेको गाडीमा भएको कार बम विष्फोटमा ४० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि पलुवा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले खोजी अभियान चलाइरहेका छन् ।