कश्मीर पछि पाकिस्तानी सेनामाथि आत्मघाती आक्रमण, ९ जनाको मुत्यु ११ घाइते

एजेन्सी । एजेपुलवामा आतंकी हमलाको तिन दिन पछि पाकिस्तानी सेनालाई पनि आत्मघाती आक्रमणको शिकार हुनु पर्यो । जानकारी अनुसार पाकिस्तानी सेनामाथि बलुचिस्तानमा रहेको चीन पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को नजिक आत्मघाती आक्रमण भयो । आक्रमणमा परि ९ जना सैनिकले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् ।

द बलुचिस्तान पोस्टको खबर अनुसार तुर्बत र पंजगुर को बिचमा भएको आक्रमणको जिम्मेदारी बलुच राजी अजोई संगर संगठनले लिएको छ । यो संगठन बलुचिस्तान लिबरेशन फ्रन्ट, बलुच लिबरेशन आर्मी र बलुच रिपब्लिक गार्ड्स को संयुक्त संगठन हो । साउदी अरब का राजकुमार प्रिन्स मोहम्मद बिन सलमान पाकिस्तान आउनुभन्दा केही घण्टा पहिला नै यो आक्रमण भएको हो ।