मलाई तेल लगाउँदा थाहा भयो म ‘समलिङ्गी’ हुँ – सोनिका रोकाया (भिडियो)

काठमाडौँ। चर्चित होस्ट तथा मोडल सोनीका रोकायाले आफू समलिङ्गी भएको दोहोर्‍याएकी छिन्। काठमाण्डौको दरबारमार्गमा रहेको ‘लिक्युइड लाउन्ज एण्ड बार’मा आफ्नो जन्मदिन मनाउने क्रममा उनले उक्त कुरा बताएकी हुन्।

सञ्चारकर्मीसँग कुरा गर्दै सोनीकाकी आमाले समेत उक्त कुराको पुस्टि गरिन्। ‘तेल लगाउँदा उ केटा र केटी दुवै भएको देखेपछि म निरास भएकी थिए,’ उनले भनिन्।

युट्युब च्यानल ‘वाउ नेपाल’बाट चर्चामा आएकी सोनीका अहिले म्युजिक भिडियोमा अभिनयको साथै आफ्नै युट्युब च्यानल सञ्चालन गर्छिन्। उनले काठमाण्डौको दरबारमार्गमा रहेको ‘लिक्युइड लाउन्ज एण्ड बार’मा लगानी समेत गरेकी छिन्।