भारतीय द्रुत गतिको रेल फेल

नयाँ दिल्ली (एजेन्सी) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भोलिपल्टै त्यहाँको सबैभन्दा द्रूत गतिको रेलको पहिलो यात्रा नै अवरूद्ध हुन पुगेको छ ।

भारतमै निर्माण गरिएको मध्यम खाले द्रूत गतिको ‘बन्दे भारत’ एक्सप्रेस बनारसबाट राजधानी दिल्ली फर्कंदै थियो ।

तर उसले आफ्नो पहिलो यात्रा पूरा नहुँदै एउटा डिब्बाको ब्रेक जाम भएर समस्या झेल्नुप¥यो । भारतीय सञ्चारमाध्यमले रेलसेवाका एकजना प्रवक्तालाई उद्धत गर्दै रेलले यात्राको क्रममा कतै जनावरलाई ठक्कर दिएको हुनसक्ने बताए । तयारीका क्रममा उक्त रेल प्रतिघण्टा १८० किलोमिटरसम्म कुदाइएको थियो ।

ब्रेकमा समस्या आउनेबित्तिकै चालकले पछिल्ला चार डिब्बामा धूँवा उडेको देखेका थिए भने अन्य सबैमा बिजुली गएको थियो । त्यसमा धेरैजसो रेल सेवाका कर्मचारी र पत्रकारहरू यात्रा गरिरहेका थिए।

उनीहरूले पछि दिल्ली फर्कन अर्को रेल चढ्नुपरेको थियो । रेल मन्त्रालयले ठाने अनुसार बन्दे भारतले एउटा गाईलाई ठक्कर दिएको हुनसक्छ । एनडिटिभीको एक रिपोर्ट अनुसार त्यसको कुनै प्रभाव रेलको अग्रभागमा देखिएको छैन ।

यस नयाँ रेलको व्यावसायिक यात्रा आइतवारबाट सुरु हुने अपेक्षा गरिएको छ । जसले दिल्ली र धार्मीक शहर बनारसबीचको यात्रालाई ६ घण्टामा झार्ने अपेक्षा गरिएको छ ।