पशुपति शर्माको “लुट कान्छा लुट” नामको गीतमा बद्री पंगेनीले दिए यस्तो प्रतिकृया !

काठमाडौं । पशुपति शर्मा पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा सर्वाधिक चर्चामा रहन सफल नाम हो । लुट कान्छा लुट नामको गीत बजारमा ल्याएर त्यसलाई फेरि डिलीट गरेपछि उनको चर्चा थप चुलिएको छ । उनको गीतले भ्रष्ट्रचारीहरुको कडा आलोचना गरेको र यसको सिधा असर सरकारलाई दिन खोजेपछि अहिले विरोध अनी सर्मथन दुबैं देखिएको छ ।

यस्तै, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माले गीत हटाएर ठिक गरेको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनीले बताए । उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरी अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नु भयो ।”

उनले भने, “मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ ।’ पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमत रहेको उनले बताए । ‘यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ । उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ’। पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’ भाइरल नै भएको छ ।