गीत हटाएपछि पशुपति शर्माले पुनः दिए यस्तो प्रतिक्रिया

काठमाडौ। लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ गीत यु्ुट्युबबाट हटाउन बाध्य पारिएको भन्दै सर्बत्र बिरोध भएको छ । सामाजिक सञ्जालदेखि प्रतिपक्षमा रहको राजनीतिक दलहरुले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै सरकारको बिरोध गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघ र विवेकशील साझा पार्टीको युवा संगठनले विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपाल सांस्कृतिक संघले सरकारले गीत, संगीतप्रति प्रहार गरेको भन्दै मौलिक हक र लोकतान्त्रिमाथि नै हस्तक्षेप गरेको आरोप लगाएको छ ।

यस्तै विवेकशील साझाको युवा संगठनल गीत प्रसारणबाटै हटाउन बाध्य पारिनु मौलिक हक प्रतिकुल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संगठनले पूर्वएमाले निकट युवा संघ नेपाले गीतको विषयमा फेसबुक पेजमा गायक शर्मालाई बहिस्कार गर्न धम्कीपूर्ण सन्देश सम्प्रेषण गरेको भन्दै निन्दा गरेको छ ।

गायक शर्माले भने सल्लाह सुझावलाई आत्मसाथ गर्दै केही शब्द परिमार्जन गरी पुनः गीत अपलोड गर्ने भन्दै युट्युवबाट हटाएको बताएका छन् ।

यस्तो छ शर्माले निकालेको दोस्रो स्टाटस:

मैले हिजो मात्र बिबिध कारणले मेरो आधिकारिक युट्युव च्यालनबाट हटाएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको बिरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहान्छु । त्यो विशुद्द भ्रष्टाचार र धेरै बर्षदेखी बिधमान बिसंगती र विकृति बिरुद्ध मात्र थियो र छ पनी भन्न चाहान्छु र यसै बिषयमा म अनी म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगरीदिनु हुन पनी बिनम्र अनुरोध गर्दछु । यहाँहरुकै आशीर्वाद र मायाले मात्र म कलाकारको रुपमा स्थापित भएकाले यहाहरुले मलाई दर्शाउनु भएको माया र सद्भाव प्रती धेरै धेरै आभारी छु ।