माग्नेको व्यंग ‘कलियुग लागेपछि उल्टो बग्छ खोलो, पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो’

काठमाडौं–लाेक गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो यूटुव च्यानलमार्फत हटाएका छन् । सो गीत दुई दिनअघि सार्वजनिक भएको थियो ।

शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्ने बताएका छन् ।

उक्त गित बजारमा आएपछि तरंग ल्यायो दुई दिनमै उथल पुथल ल्याएको गित युट्युब बाट हटाईए पछि अनेकथरीका टिका टिप्पनी आइरहेका छन । बेला बेलामा पेचिलो व्यंग्य गर्ने चर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढोले सामाजिक सञ्जालमा कलियुग लागेपछि उल्टो बग्छ खोलो पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो भन्दै व्यंग गरेका छन् ।

लुट्न सके लुट् कान्छा लुट्न सके लुट्।
लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट्।
कलियुग लागेपछि उल्टो बग्छ खोलो।
पस्पतिमा ओइरिएछ अरिङ्गालको गोलो।