पाकिस्तानसँग भारतले थाल्यो युद्धको तयारी, नेपाललाई कति खतरा ?

एजेन्सी। जम्मू कश्मिरको पुलवामामा भएको हमलालाई लिएर अहिले सिंगो भारत आक्रोशमा रहेको छ । यो बिचमा घटनाको बारेमा आफूले राखेको अभिव्यक्तिका भारत पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धु कपिल शर्मा शो बाट निकालिएका छन् । कांग्रेस नेता समेत रहेका नवजित सिंह सिद्धुले हमलाका बारेमा आफ्नो स्वतन्त्र विचार राखेका थिए जसका कारण उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा विरोध गर्न थालियो ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई कपिल शर्मा शो बाट निकाल्नुपर्ने दबाब दिए । त्यसपछि उनीमाथि कडा कारबाही गर्दै कपिल शर्मा शो बाट निकालिएको भारतीय सञ्चारमाध्यले पुष्टि गरेका छन् । उनलाई निकालेपछि उनको स्थानमा अर्चना पूरण सिंह आउने सोनी टिभीले बताइएको छ । भारतीय सञ्चारमाध्यका अनुसार कपिल शर्माको अर्चनासँगको शो सुट पनि भइसकेको छ ।

भारतले यो आक्रमण पाकिस्तानले गराएको दाबी गरिरहँदा सिद्धले आतंकवादको कुनैं देश नहुने भनेका थिए । उनले पाकिस्तानको बचाउ गरेको भन्दैं भारतमा विरोध सुरु भएको हो । उनी अहिले पनि आफ्नो भनाईबाट पछि हटेका छैनन । उनले विगतमा पाकिस्तानको दुईपटक भ्रमण गरेपछि पनि भारतभर हंगामा भएको थियो । यो भन्दा पहिले पनि नवाज शरिफ पाकिस्तानमा प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी पाकिस्तानको गएको कुरालाई स्मरण गर्न आग्रह गरेका छन् ।

उत्ता पाकिस्तानले भने यो घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दैं भारतलाई जथाभावी नबोल्न आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले हिंसा भड्काउन चाहेको भन्दैं यसको जवाफ पनि त्यही प्रकारको हुने जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका नजिकका मित्र मानिएका पूर्व क्रिकेटर सिद्धुले मिडियासँगको कुराकानीमा भनेका थिए, ‘के केही मान्छेको करतुतका कारण पुरै देशलाई नै जिम्मेवार मान्न सकिन्छ ?’

उनले लामो समयदेखि भारत र पाकिस्तानका बीचमा स्थायी समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउँदैं आएका छन । घटनापछि सञ्चारमाध्यमा बोल्दै उनले भने, ‘आतंकवादीको कुनैपनि देश, जात, धर्म, हुँदैन । केही गलत मान्छेका कारण पुरै देशलाई निम्मेवार ठहर्याउनु उचित हुँदैन ।” यो भन्दा अगाडि उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

उनलाई भारतमा खानका मित्र भन्दा पनि प्रशंसकको रुपमा हेर्नेहरु धेरैं रहेका छन् । यो घटना त एउटा उदाहरण मात्र हो । भारत अहिले पुरै जनतालाई पाकिस्तान बिरुद्ध उचालिरहेको छ । युद्धको राको सल्काईरहेको छ । कतिबेला पाकिस्तानमाथी जाईलाग्ने हो भन्ने जनतामा त्रास भरिएको छ।

यसअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीले घटना पाकिस्तानले नै गराएकाले उसले निक्कै ठूलो मुल्य चुकाउनुपर्ने दावी गर्दै आएका छन् । उनको अभिव्यक्तिलेपनि भारतले निक्कै ओजनदार कदम चाल्न सक्ने आँकलन गरिन्छ । यी दुई छिमेकी मुलुकबीच युद्ध भए नेपालको हालत के होला ? भन्ने अवस्थापनि आएको छ ।