देउवाले बोलेको कुरामा जति निन्दा र भर्त्सना गरेनी कम हुन्छ

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माथि निराधार आ’रोप लगाएको बताएका छन् । देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाएको श्रेष्ठले बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपि गर्दै पूर्व प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ ।’

उनले यसरी राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्नु घातक र अक्षम्य हुने भन्दै शीर्ष नेताहरुले अझै नचेतेको बताएका छन् । सभापति देउवा लगायतका काँग्रेस नेताहरु केही दिनदेखि उपनिर्वाचनको अभियानमा पोखरामा रहेका छन् ।