धुर्मुश सुन्तलीका लागि आयो मुसहर बस्तिबाट दुखद खबर ! (भिडियोसहित)

काठमाडौं। देशमा २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । ५६ सकेन्ड मुलुक हल्लियो । आठ हजारभन्दा बढी मानिसले ज्यान गुमाए । कति आफन्तविहीन भए, हजारौं बेघर बने । लाखौं जनता महिनौं खुला आकाशमुनि बसे । भूकम्पले घरबारविहीन भएको दुई वर्ष हुँदा पनि त्रिपाल टाँगेर बस्नेको संख्या अझै धेरै घटेको छैन । अझै पनि कतिपय भूकम्पपीडितले न छाना पाएका छन् न त सरकारले दिने घर निर्माणको रकम नै । प्राप्त सहयोग रकम सरकारी अव्यवस्थाका कारण सदुपयोग हुन सकेको छैन ।

बेला पुनर्निर्माण जोडी जसले भत्किएको घरमात्र होइन, मनसमेत जोड्ने काम गरेको छ । उनीहरूले हिमाल, पहाड र तराईमा तीनवटा आकर्षक बस्ती नै निर्माण गरेका छन् । हास्य कलाकार तथा समाजसेवी धर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले देशविदेशका नेपालीमाझ अँजुली थापेर सहयोग संकलन गरे । त्यही जुटेको रकमबाट तीनवटा बस्ती निर्माण गरे । टीभी स्क्रिनबाट लाखौं दर्शक हँसाएका उनीहरू भूकम्पपीडित बस्तीमा पसेर सयौँ नेपालीको घाउमा मल्हम लगाउन कस्सिए । दर्शकको आँखाको आँसु पुछ्न भूकम्पपीडितको घरआँगनमा पुगे । अहिले बर्दिवासका मुसरहरु अहिले बस्तीले गर्दा आफूहरुलाई अप्ठ्यारो परेको बताएका छ । बाँकी भिडियोमा हेर्नुहोस: