नेपालमा ‘दानव’ अर्थात् रोली विङ्कलारको देखियो यस्तो रुप, हेर्नुस १० फोटोमा

तस्बिर : विकास कार्की, अन्नपुर्ण पोस्ट 

काठमाडौं : आइएफबीबी प्रोफेसनल बडीबिल्डिङ च्याम्पियनसिप लिग प्रो क्वालिफायर प्रतियोगिता  शनिबार राजधानीमा सम्पन्न भएको छ। कमलादीमा आयोजित कार्यक्रममा विश्वकै ठूलो शरीर भएका रोली विङ्कलार उपस्थित थिए।   शारीरिक सुगठन खेलमा ‘द बिस्ट’ अर्थात् दानवको उपनामबाट चर्चित खेलाडी रोली  बिहीबार नेपाल आएका हुन्। शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा तेस्रो स्थानसमेत हात पारिसकेका डच खेलाडी विङ्कलार नेपाल आउने यो खेलका सबैभन्दा ठूला स्टार हुन्।

उनी नेपालमा पहिलो पटक हुन लागेको मिस्टर ओलम्पियाको छनोट खेल ‘प्रो–क्वालिफायर’ मा अतिथिका रूपमा सहभागी हुन आएका हुन्। शनिबार कमलादीस्थित एकेडेमीको हलमा हुने प्रो–क्वालिफायर खेलमा उनी गेस्ट पोजरका रूपमा सहभागी भएका हुन्।

सन् २०१८ मा भएको मिस्टर ओलम्पियामा तेस्रो स्थानका साथै पिपुल्स च्याम्पियनसमेत भएका विङ्कलार सबैभन्दा ठूलो शरीर भएकै कारण शारीरिक सुगठनमा दानवको उपनामले चिनिएका हुन्। चर्चित खेलाडीको उपस्थितिले नेपालमा भएको प्रो–क्वालिफायरमा सहभागी नेपाली र अन्य देशका खेलाडी उत्साहित थिए।

प्रो–क्वालिफायरमा नेपालसहित १५ देशका खेलाडी प्रतिस्पर्धा गरेका छन्। प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडीबिल्डिङ र वुमन्स फिजिक गरी ४ विधामा प्रतिस्पर्धा भएको छ।