‘पैसा चाहिन्न हामी पढ्न चाहन्छौँ’ भन्दै रुँदै काठमाण्डौं आए यी कलिला भाईहरु (भिडियो)

काठमाण्डौं, केहिवर्ष पहिले इन्द्रेणी ग्रुपले आफ्नो यात्रामा निस्किदै गर्दा ६ जना बालकहरु सडकमा आगो ताप्दै गाउँदै गरेको भिडियो अपलोड गरेको थियो । आफुँ बादी समुदायको बताउने ति बालकहरुको गायिकीले नेपालीहरु मन छोयो ।

ति बालकहरु आफ्नो रोजीरोटीको लागी सडकमा गित गाउँथे । मनोरन्जनका लागी भन्दा आफ्नो पेटको लागि सडकमा गाउँदै हिड्ने बालकहरुको इच्छा भने पढ्ने लेख्ने छ । गरिबीले ठगिएका ति अबोध बालक अहिले स्कुल पढ्ने सपना बोकेर काठमाण्डौं आएका छन ।

राजधानीमा बसेर जिबिकोपार्जन गर्ने सम्राट चौलागाइले दैलेख पुगेर ति भाईहरुलाई काठमाण्डौंसम्म पुर्याए । आज तिनै भाईहरुसँग समाजमा दुख पिडामा परेका र समाजमा लुकेका प्रतिभा खोज्दै देश दौडाहा गर्ने भाग्य न्यौपानेसम्म पुगेका छन् । भाईहरुको बिन्ति छ हामीलाई पैसा चाहिन्न पढ्न चाहन्छौँ । उमेरले ११-१२ पुगेका भाईहरुको पढ्ने इच्छा पुरा गर्ने मनकारी को भेटीला ? त्यो भने प्रतीक्षाकै विषय छ । बाँकी पुरा भिडियो हेर्नुहोस र सामाग्री सेयर गरेर भाईहरुलाई सहयोग गर्नुहोला ।