तीन कोइराला एउटै माला

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीसहित तीन जना नेताले एउटै माला पहिरिएका छन्। महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन तीनै जना नेता वीरगंज पुगेका हुन्। फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई १२१ किलोको एउटै माला पहिर्‍याइएको हो।

कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला पहिर्‍याइदिएका हुन्। केही समयअघि गृह जिल्ला विराटनगरमा पनि शुभेच्छुकहरुले कोइराला परिवारलाई एउटै माला लगाइदिएका थिए।