रबि लामिछाने र निकिता पौडेलको एकैसाथ पहिलो प्रेमलिल अन्तरवार्ता

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरीसकेका छन । उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका थिए ।

निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन । पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर उनी वर्षौदेखि एक्लै बस्दै आइरहेकी थिइन । रवि र निकिता मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । सो अपार्टमेन्टमा रेखा थापा पनि बस्छिन् ।

यी दुईले परम्परागत रुपमा बैशाखमा विवाह गर्ने जनाएपनि कानुनी रुपामा समाजमा अनेकथरी प्रश्न आउँन थालेपछि बिहे गरेको रबि स्वयमले बताएका थिए ।

प्रणय दिवसको अवसरमा सबिना कार्कीले धेरै मध्यका एक रबि लामिछाने र निकिता पौडेललाई आफ्नो साब्सकास्टमा अन्तर्वार्ता लिएकी छिन । जसमा दुवैजनाले आफ्नो प्रेमजीवन, विगतको भोगाइ, वर्तमानको अनुभव र भविष्यको आशा मन खोलेर बाँडेका छन । उक्त निकै रोचक र दुवैजनाले एकैसाथ दिएको पहिलो अन्तर्वार्ता यहाँ अडियोमा सुन्नुहोस ।