६० वटा रानी भएका राजा, जसले बर्मामा खाना खान्छन् भारतमा सुत्न जान्छन्

एजेन्सी। आधुनिक युगमा समेत ६० वटी श्रीमती भएका राजा !अझ अनौठो कुरा त के भने हरेक दिन एक देशमा खाना खाने र अर्को देशमा सुत्न जाने। हो, आधुनिक युगका यी विचित्र राजा हरेक दिन म्यानमारमा खाना खान्छन् र सुत्नका लागि भारत आउँछन्, त्यो पनि कुनै जहाजमा नचढीकन।

यो सत्य घटना हो भारतको नागाल्याण्डस्थित लोंगवा गाउँको। यहाँ कोन्याक जनजातिका मानिसहरु बस्दछन्। यो गाउँको आधा भाग भारतमा पर्दछ भने आधा भाग म्यान्मारमा। त्यसैले यहाँका मानिसहरु विना कुनै पासपोर्ट र भिसा भारत र बर्मा ओहोर दोहोर गर्दछन्।

समाचार अनुसार यो आदिवासी समुदायका राजाको नाम अंग नगोवांग हो। यी राजाको अधिनमा लोंगवा समेत विभिन्न ७५ वटा गाउँ रहेका छन्। यी राजाको दरबारक्षेत्रको बीचमा भारत र म्यानमारको सिमाना पर्दछ।

त्यसैले राजाको परिवारको भान्सा म्यान्मारमा पर्छ भने शयन कक्ष भारतमा। सोही कारण राजपरिवारले म्यान्मारमा खाना खान्छ र भारतमा गएर सुत्दछ। यी राजाको परिवार पनि निकै ठूलो छ। यिनका ६० वटा पत्नी छन् र उनका छोराहरु बर्माको सेनामा संलग्न छन्।

यो गाउँका मानिसहरुले भारत र म्यानमार दुबै देशको नागरिकता लिएका छन्। यो आदिवासीलाई निकै खतरनाक आदिवासी मानिन्छ। यिनीहरु हृेड हन्टर्सको नामले पनि परिचित छन्।

किनकी यिनीहरुले पहिले मानिसको सिकार गर्थे र मान्छेको टाउको साथमा लिएर जान्थे। तर सन् १९६० पछि उनीहरुले हेड हन्टिंग छाडिसकेका छन्। यद्यपि यो समुदायका मानिसहरुका घरमा सजिएका मानव खप्पर अहिलेपनि देख्न सकिन्छ।