‘नेपालमा मोदीको हजारौं पुत्ला जलाए पनि केही फरक पर्दैन, यसरी हुन्छ सिमा विवादको समाधान’

काठमाडौं । आफुलाई भ्र’ष्टाचार वि’रुद्धको अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले नेपाल र भारतबीचको पछिल्लो सिमा बि वाद तिनवटा तरिकाले मात्र समाधान गर्न सकिने दावी गरेका छन् । उनले नेपाली सडकमा उ’फ्रिएर नारा लगाएर मात्र समस्या समाधान हुन नसक्ने बताए । उनले त्यसका लागि परराष्ट्र मन्त्री र परराष्ट्रबीद सहितको एटाउ टोली गठन गरेर कालापानी सहितका क्षेत्र नेपालको हो भन्ने प्रमाण देखिने नक्सा लगायतका दस्तावेज जम्मा पार्नुपर्ने बताएका छन् ।

ति दस्तावेजका आधारमा प्रधानमन्त्री तहवाटै भारतसंग कुटनीतिक वार्ता थाल्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्रालयले नेपालको भूमी हो भन्ने आधार सहितको विज्ञप्ती सार्वजनिक गर्नुपर्ने बताए । उनले हस्ताक्षर विनाको विज्ञप्ती नेपाली भाषामा निकालेर केही नहुने बताए । उनले नेपालमा मोदीका हजारौं पुत्ला जलाए पनि केही फरक नपर्ने दावी गरे । उनले सञ्चारकर्मीलाई पनि आफ्नो धर्म र कर्तब्य निभाउन नसकेको भन्दै गुनासो गरे ।

यसैबीच सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट उल्लेख गरेको छ। भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेको वि रोधमा केही दिनअघि भएको आ न्दोलनमा प क्राउ परेका विद्यार्थीको हकमा ब न्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै अदातलले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको उल्लेख गरेको हो। सर्वोच्चका संचारविज्ञ किशोर पौडेलका अनुसार राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण वि रोध गर्दा प क्राउ गर्नु फौ जदारी कानुनको मान्य सिद्धान्तविपरित भएको ठहर गर्दै अदातलले तत्काल सबै विद्यार्थीलाई रिहा गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायायधीस इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

भिडियो हेर्नुहोस: