‘विना मगरलेले ३१ प्रतिशत काम गरेको नदेख्ने चैतेहरुको मानसिकता देख्दा अचम्म लाग्छ’

काठमाडौं। मन्त्रीमण्डल फेरिएको कुराले मङ्सिर ४ गते देखि सामाजिक संजाल तताई राखेको छ। मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री केपी ओलीको आकष्मिक निर्णयले सबैलाई चकित बनाएको थियो । तर बुधबार गरिएको मन्त्रिमण्डल पुनर्गठनको नतिजाले धेरैलाई अपेक्षाकृत नभएको महसुस गराई दिएको छ । कार्यसम्पादनका आधारमा कमजोर रहेका मन्त्रीहरुलाई हटाउने भनिए पनि त्यस्तो नभएको देखियो । गोकर्ण बिस्ट, लालबाबु पण्डित जस्ता लोकप्रिय मन्त्रिहरुलाई अचानक हटाइएपछि प्रधानमन्त्रीको निर्णय माथि धेरैले प्रश्न गरेका छन्।

अहिले सामाजिक संजालमा विविन्न खाले टिका टिप्पणी र बहस सुरु भएको छ। खानेपानी मन्त्रि विना मगरलाई हटाईनु पर्थ्यो भन्नेहरुको निकै ठुलो जमात देखिएको छ, भने कतिले वहाँको कामको प्रसंशा गर्दै योग्य र सक्षम रहेको बताएका छन् । यसै बीच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष रहेका अनिश तामांगले मन्त्रि विना मगरको बचाऊ गर्दै एउटा लामो स्ट्याटस आफ्नो फेसबुकमा लेखेका छन् । उनले विना मगरलेले २ वर्षमा ३१ प्रतिशत काम गरेको नदेख्ने चैते मानसिकता भएकाहरुले विना मगरको बिरोध गरेको भनेका छन् ।

हेर्नुहोस अनिश तामांगको स्ट्याटस जस्ताको तस्तै :

यो प्रहार विना मगर माथि मात्रै नभएर अध्यक्ष कमरेड प्रचण्ड माथिको प्रहार हो । विगतको इतिहासलाई फर्केर हेर्दा प्रचण्डलाई कमजोर बनाउन प्रकाश दाहाल, रेणु दाहाल देखि प्रचण्डको घरभेटिलाई समेत छोडेको छैनन् । केही जमातले प्रकाश दाहाललाई गाली गर्दगर्दै प्रकाश स्वर्गवास भए तर पनि केही कोखमा दाँत पलाएकाहरुले अक्कलझुक्कल प्रकाशलाई गाली गरिरहेकै भेटिन्छ ।

रेणु दाहाल प्रचण्डको छोरी भएकै कारण उनलाई धेरै पटक विवादमा ल्याउन खोजेकै हो । यसमा ज्ञानेन्द्र शाही देखि रवि लामिछाने सम्म हात धोएर लागेकै हो तर नबिराउनु नडराउनु भने झै रेणु दाहाल झनै स्पात भएर अगाडि बढेको देख्दा केही दिन यता यिनीहरूको रकरक अलि कम हुँदै गएको छ । भरतपुरको विकास र त्यहाँका जनताको मन जितेर काम गरेको रेणुको अगाडि भाडामा लगेका तन्नेरीहरुको ख्याउख्याउ केही लागेन । अचेल ती अनुहारहरु बजारमा नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेको देख्न पाइन्छ ।

प्रचण्डको परिवारको त जीवन संगीनि देखि स्वर्गवास छोरा सम्म कसैलाई छोडेनन् तर प्रचण्ड बस्ने घरको मालिकलाई समेत प्रचण्डको नाम जोडेर बेलाबेला विवादमा ल्याउने कोसिस गरिरहेकै छ । हिजो प्रचण्डको दरबार जस्तो घर छ भन्नेहरुले नै प्रचण्डको घरभेटीले यस्तो गर्यो उस्तो गर्यो भन्दै हिडेका पाउछौं । त्योही मुखले खाने त्योही मुखले ओकल्ने प्रवृत्ति देख्दा वाक्क लाग्छ ।

पछिल्लो चरण आफ्नो मानु खाएर अरुको कुरा काट्ने केही भाइरसहरु विना मगर माथि खनिएका छन् तर कसैले लेखेको छैन विना मगर यो यो कारणले मन्त्री पदबाट हट्नु पर्छ भनेर । एकोहोरो विना मगरलाई मन्त्री पदबाट पदमुक्त गरिनु पर्छ भन्दै भटार्दै हिडेको देखिन्छ । यदि विना मगर प्रचण्डको बुहारी नभएको भए यति सम्म चिच्याहट हुदैन थियो ।

कामकारबाहीको हिसाबले मेलम्ची खानेपानी आयोजना कृष्ण प्रसाद भट्टराइको पाला देखि विनाको कार्यकाल अगाडि सम्म मात्रै ६२% काम सकाएको ठाउमा विना मगरले ९८% बनाइसकेको छ । २४ वर्षमा ६२ प्रतिशत काम देख्ने, विना मगरलेले २ वर्षमा ३१ प्रतिशत काम गरेको नदेख्ने चैतेहरुको मानसिकता देख्दा अचम्म लाग्छ । विना मगर असफल भए प्रचण्ड असफल हुन्छ भन्ने सोचले निरन्तर विना मगर माथिको प्रहार आम कार्यकर्ताले बुझ्न जरुरी छ।

मृ त्युलाई जितेर यहाँ सम्म आइपुगेका विना मगरको संघर्षशिल यात्रा सानो चुनौती थिएन । भैरवनाथ गनको चरम यातना देखि पति वियोग सम्मको कष्ट बेहोरेर यहाँ सम्म आइपुगेका विना मगर कुनै रन्जु दर्शनाहरु जस्ति टुप्पोमा पलाएकि नारी हैन । होला जीवनमा अन्जानमा विनाबाट नि एकदुइ ओटा गल्ती भयो होला तर विज्ञानले नै गल्ती नगरेको मान्छे हुदैन भनेर भनेको छ । गल्तीलाई सुधारेर अगाडि बढ्नु नै महानता हो । बरु एउटै गल्तीलाई लिएर आलोचना गरिराख्ने चहि मानव हैन भनेको छ।

विना मगरको कार्यकाल भित्र सानो ठुलो गरि लगभग ५४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरिसकेका छन । यति आयोजना सम्पन्न हुदा ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्येक्ष लाभान्वित भएको देखिन्छ । खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तरगत निमार्णाधीन २८ ओटा आयोजनाहरु मध्ये १२ ओटा आयोजनाहरु सम्पन्न हुने चरणमा छ ।

काठमाडौं उपत्यका रिङरोड भित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ। उपत्यकामा १० ओटा पानी पोखरी निर्माण गर्ने भनिएकोमा ९ निर्माण कार्य सम्पन्न भइसजेको पिआइडीले जनाएको छ । उपत्यका भित्र २० किलोमिटर पाइप लाइन बिस्तार गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सरुङ मार्गको ब्रेक थु समेत भइसकेको आवस्थमा अब त मेलम्ची आउने कनफम भयो भनेर विकास विरोधी तत्वहरु आँतेर ठेगदारलाई नै भगाउने काम समेत भएको थियो तर खाने मुखलाई झुंगाले छेक्दैन भने जस्तो पुनः मेलम्चीको टेन्डर अर्कै कम्पनीलाई वितरण गरेर काम ध्रुत गतिमा भइरहेको छ ।

खानेपानी मन्त्रालयले धेरै कामहरु सम्पन्न गरे पनि मेलम्ची खानेपानी आयोजनालाई मात्रै हेरेर विना मगरलाई विश्लेषण गर्ने ठेट्नाहरु बजारमा प्रशस्त पाइन्छ । काठमाडौं मै ३ करोड ३८ लाख लिटर बागमती पानी प्रशोधन गर्ने केन्द्रको स्थापना भइसकेको छ । बागमतीको लेदोबाट कम्पोष्ट मल र ग्यासबाट बिजुली उत्पादन गर्ने काम भइरहेको छ तर यो अन्धो समाजका गुइठेहरुले खानेपानी मन्त्रीको काम मेलम्ची बाहेक अरु बुझेका छैनन् । बुझ्नेहरु बुझ पचाइरहेका छन ।