महासेठलाई मन्त्रीवाट हटाएपछि उनकै मतदाताले मनाए दिपावली

जनकपुर। रघुविर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाएपछि उनकै क्षेत्रमा मतदाताले खुसीयाली मनाएका छन् । रुष्ट भएका मतदाताले महासेठलाई मन्त्रीवाट हटाएकोमा खुसीयाली मनाएका छन् । विहिवार महासेठको निर्वाचन क्षेत्रका मतदाताले दिपावली गरेर खुसीयाली मनाएका छन् । दिपावलीमा सहभागी भएका मतदाताले आफुहरुको अपेक्षा अनुसार महासेठले काम नगरेका कारण मन्त्रीवाट हटाउँदा खुसी लागेको बताएका छन् ।

तत्कालिन एमालेवाट चुनाव जितेका महासेठका मतदाताले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा मैनवत्ती वालेर दिपावली गरेका हुन् । आफ्नो क्षेत्रको विकासमा भूमिका खेल्ने आशाले महासेठलाई मत दिएर जिताएको भएपनि केही आसपासका ब्यक्तिलाई मात्र सहयोग गरेको भन्दै मतदाता रुष्ट भएका छन् । महासेठका नजिकका ब्यक्तिले गाउँमा दादागिरी गरेर आफुहरुलाई समस्यामा पारेको उनीहरुको भनाई छ ।

निर्वाचनमा खुलेर सहयोग गरेका स्थानीय मिथिलेस यादव पनि दिपावलीमा सहभागी भएका थिए । दिपावलीमा जनप्रतिनिधि समेत सहभागी भएको बताइएको छ । लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि दिपावलीमा सहभागी भएको स्थानियले बताएका छन् । तर उनले सो कुरा इन्कार गरेका छन् । आफु दिपावलीमा सहभागी नभएको उनको भनाई छ । खुसीयाली मनाएर मैनबत्ती बालेको बारेमा आफुले जानकारी पाएको भएपनि आफु त्यसमा सहभागी नभएको उनको प्रतिकृया छ । क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।