“यदी यो युगको अन्त्य होईन भने सडकमा फेरी उर्जाले भरिएका मान्छेहरु जुर्मुराउने छन्”

काठमाडौं। पछिल्लो समय नायिका रेखा थापा सरकारी गतिविधिबारे कडा टिप्पणी गर्ने राजनीतिक शैलीकी नायिकाको पहिचान बनाउन सफल भएकी छन् । केही दिन अघि विमानस्थलमा श्रमिकहरुको झोला खोसिएको लुटिएको बिषयमा खरो टिप्पणी गरेकी उनले आज आफ्नो अधिकारका लागि नबोल्ने मान्छे, निराश मान्छेहरु प्रति लक्षित गर्दै टिप्पणी गरेकी छन् ।

उनले लेखेकी छन्- “यदी यो युगको अन्त्य होईन भने चोक, चौराहा र सडकमा बहादुर, अभय र उर्जाले भरिएका मान्छेहरु जुर्मुराउने छन् । मानिसहरु अधिकार लिनु भन्दा पनि माग्ने बानीमा रहेको, उज्यालो दिनमा पनि भ्रममा बाचीरहेको भनेर ब्यग्य गरेकी छन् ।मध्य दिनको उज्यालोमा, आँखा खुल्ला भएर पनि मान्छेहरु भ्रममा परेका भेटिन्छन् । कलियुग शायद यही हो । किनकी मान्छे हरु आफ्नो आकार र शक्ती गुमाउदै गएका छन । श्रजना होइन सान्त्वना मन पर्दैछ, अधिकार लिने होइन- माग्ने आदत परेको छ । ईतिहासका निर्माता मान्छेहरुलाई- कसैको प्रतिक्षा छ, कतिबेला कस्ले आएर हाम्रो भाग्य चम्काउला भनेर । भयभित र कसैबाट कल्याण गरिनको लागि पर्खेका कमजोर मान्छे हरु I कुनैबेला त जाग्लान ठक्कर खाएर । यदी यो युगको अन्त्य होइन भने, चोक चौराहा र सडकमा फेरी बहादुर, अभय, र उर्जाले भरिएका मान्छे जुर्मुराउने छन ।”