टमाटरको मूल्य एक किलोलाई ४ सय

इसलामाबाद। पाकिस्तानमा एक किलो टमाटरको मूल्य एकै दिनमा १ सय बाट माथि उठेर ४ सय भएको छ ।

सोमवार पाकिस्तानको एक शहर कराँचीमा ३ सय देखि ३ सय २० भएको थियो भने मंगलवार ४०० पुग्यो । स्थानीय प्रशासनले भने टमाटरको मूल्य १ सय ९३ प्रतिकिलो रहेको बताएको छ । तर बजारमा टमाटरको खुद्रा मूल्य ४ सय सम्म पुगेको हो ।

पाकिस्तानको सरकारले थोक विक्रेताका प्रतिनिधिसँग सरकारले तोकेको मूल्यमा टमाटरको कारोवार गर्न आग्रह गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले बताएको छ ।

‘केही व्यक्तिको एकाधिकारलाई खतम गर्नका लागि सबैले सरकारले तोकेको मूल्यमा खरिदबिक्री गर्न आग्रह गरिएको छ,’ सरकारी भनाइ उदृत गर्दै डनले लेखेको छ ।