हेलिकोप्टर दुर्घ’टनामा दुई सैनिकको मृ’त्यु

काठमाडौं। अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घट’नामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृ त्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ ।

हेलिकोप्टर दुर्घ’टनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् ।

यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग ल’डिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घ’टना गो’ली हानेर खसालेको दाबी गरेका छन् ।

तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा ल’डाकूहरुको आखाडा आक्र’म’ण गर्न खोजेका बताएका छन् ।

सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घट’नामा परी एक अमेरिकी सेनाको मा रिनुको साथै अन्य छ घा’इते भएका थिए । (रासस÷सिन्हवा)