विश्वसामु देशको नाम चिनाउने क्रिकेटरले २ वर्षदेखि तलब पाएका छैनन, बिमा पनि छैन (भिडियो)

हालै यूएईमा भएको एक दिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेट टिमको ऐतिहासिक सफलताले सिंगो देश खुशीले गदगद छ । कप्तान पारस खड्का नेतृत्वको टिमले फेरी एकपटक नेपाली क्रिकेटलाई उचाई दिलाएको छ ।

यो जितसंगै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय ‘ओडीआई’ वरियतामा नेपाल पहिलो पटक १५ औं स्थानमा सूचिकृत भएको छ । यूएइमै भएको अर्को ट्वान्टी ट्वान्टी क्रिकेट श्रंखलामा पनि अर्को ऐतिहासिक जित हात पार्दै ट्वान्टी ट्वान्टी क्रिकेटको बरियतामा पनि १४ औ स्थानमा उक्लिएको छ ।

यीनै दुई श्रृंखलामा तीन खेलाडीले व्यक्तिगत कीर्तिमान पनि राखे । १६ वर्षीय रोहितकुमार पौडेलले अन्तराष्ट्रिय एकदिवसीयमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बने । पहिलो पटक खेलेका सन्दीप जोराले ट्वान्टी–२० अन्तराष्ट्रिय खेलामा अर्धशतक बनाउने कान्छा खेलाडीको इतिहास रचे । त्यति मात्र होइन कप्तान पारस खड्काले पनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा पहिलो शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान रचे ।

एउटा राम्रो क्रिकेट मैदान समेत नभएको मुलुकका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा पाएको यो सफलताको जति प्रसंशा गरे पनि कम हुन्छ । तर यो सफलताले आगामी दिनमा यसलाई कसरी कायम राख्न सक्छ भन्ने प्रश्न पनि तेस्र्याएको छ । यतिमात्र होइन आइसिसिले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको निलम्बन कहिले फुकुवा गर्ला ? खेलको पुर्वाधार विकासमा सरकारको उदासिनता कहिलेसम्म जस्ता अनेकन प्रश्नहरु ठडिरहेका छन र जवसम्म नेपाली क्रिकेटका लागि अफ दी फिल्डमा पनि सकारात्मक कदमहरु चल्दैनन्, यी प्रश्न कायमै हुनेछन ।

आम जनताको हौसला, खेलाडीको कौशलता जति भए पनि खेलकुद क्षेत्रलाई हांक्ने कुशल नेतृत्व चाहिन्छ भाषण होइन । खेलाडीले आफ्नै बलबुतामा अन्तराष्ट्रिय प्रतियोगिता जितेर आएपछि विमानस्थलमा स्वागत, खादा, माला पहि¥याउन राजनीतिक नेतृत्व अघि सर्छ । अन्य समयमा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न र खेलाडीका लागि अनुकुल वातावरण तयार गर्दैन । बरु खेलकुदभित्रै अनावश्यक राजनीति भित्राउँछ ।

यस्तै तुच्छ राजनीतिका कारण नेपाली क्रिकेटलाई नेतृत्व गर्ने नेपाल क्रिकेट संघ नै निलम्बित अवस्थामा छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरुले कसरी अन्तराष्ट्रिय सफलता हासिल गरिरहेका छन् ? क्रिकेटभित्रको राजनीतिले खेलाडीहरुलाई कस्तो समस्या पारेको छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ हालै एकदिवसीय र ट्वान्टी ट्वान्टी बरियतामा नेपाललाई ऐतिहासिक जित दिलाउन सफल नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र अर्का चर्चित खेलाडी सोमपाल कामी ।

पुरा भिडियो: