चर्चित गायक सोनु निगम ग्रसीत भए डरलागदो रोगबाट

चर्चित गायक सोनु निगमको बारेमा एउटा नराम्रो समाचार छ । जुन सुन्दा फ्यानहरुको मन दुख्न सक्छ । सोनु निगम निकै विरामी परेका छन् । सोनु निगमलाई एलर्जी भएको छ र त्यसका कारण उनलाई मुम्वईको नानावती अस्पतालमा भर्ना गरीएको छ ।

सोनु निगमले आफ्नो समस्यावाट आफ्ना फ्यानहरुले सिख लिनुपर्ने पनि बताएका छन् । उनले अरुलाई पनि यस्तो प्रकारको एलर्जी नहोस् भन्नको लागी सजग रहन पनि जानकारी गराएका छन् । खासमा उनले आफ्नो सामाजिक सञ्जालमा एउटा तस्वीर साझा गरेका छन् जसमा उनले अक्सीजनको माक्र्स लगाएका छन् र उनको अवस्था गम्भीर पनि देखिएका छन् । उनको एकतर्फको आँखा पनि सुन्नीएको छ ।

आफ्नो क्याप्सनमा सोनुले लेखेका छन् तपाईहरुको मायाको लागी धेरै धेरै धन्यवाद छ । अघिल्लो रात Jeypore orissa मा उनले आफ्नो कन्सर्ट पूरा गरेका थिए । त्यहाँवाट फर्कने क्रममा नै उनको आँखा सुन्नीईसकेको थियो । र उनले लेखेका छन् । मलाई एउटा सिख के मिलेको छ भने एलर्जी नै हो भने पनि आफूले केही कुरामा पनि चान्स लिन नहुने लेखेका छन् ।

“मेरो केसमा अझ सी फुड ” यदी नानावती अस्पताल मेरो नजिकमा हुने थिएन भने मेरो ट्रेकिया नै खराब हुन्थ्यो र समस्या झन् बढ्ने थियो । उनको यो तस्वीर र स्टाटस सामाजिक सञ्जालमा अहिले भाईरल भईरहेको छ ।