रेणु दाहालको चेतावनी, सक्नुहुन्छ सहयोग गर्नुस नत्र चुपचाप बस्नुस (भिडियो)

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा रहेका रंगशाला निर्माण स्थलमा गत आइतबार एक कार्यक्रमको आयोजना गरी फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर रंगशाला निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन भने फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन रंगशाला निर्माणको कामको जिम्मा लिएको बताएकी छन ।

२० बिगाहा ८ कट्ठा जग्गामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच २ वर्ष भित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

यसै बिषयमा सुनौलो नेपालसँगको कुराकानीमा मेयर रेनु दाहालले भनेकी छन,- सक्नुहुन्छ सहयोग गर्नुस नत्र चुपचाप बस्नुस – हेर्नुहोस् भिडियोमा पुरा कुराकानी