‘को बन्छ करोडपति’को दोस्रो भागको प्रोमो सार्वजनिक, स्टेजमा प्रतियोगीसँग यसरी नाचे महानायक

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ सुरु भएको छ। महानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड शनिबार एपीवान एचडीबाट प्रसारण भयो।

यो हप्तादेखि कार्यक्रम प्रतेक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ। कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

यसैबीच कार्यक्रमको दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा महानायक हमालले आफूले अभिनय गरेको चलचित्रको चर्चित गीत ‘रातो टिक निधारमा’मा प्रतियोगीसँग नाचेको देख्न सकिन्छ। हेर्नुस् भिडियो।