जाजरकोटमा रित्तियो बाबुरामको नयाँ शक्ति, सिंगै जिल्ला कमिटी नेकपामा प्रवेश

जाजरकोट, माघ २४ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

कुशे गाउपालिका स्थतरीय नेकपाको अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले नयाँ जनशक्ति पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई प्रमुख अतिथिको हैशियतले स्वागत गर्नुभएको थियो ।

आचार्यका अनुसार पर्सि माघ २५ गते नयाँ शक्तिका जिल्ला कमिटी सदस्यहरुलाई नेकपामा प्रवेश स्वागत गरिनेछ । सोही कार्यक्रममा दलीत जनजाती पार्टीकी समानुपाितक उम्मेद्वार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदराम जैसी पनि नेकपा प्रवेश गर्नुभएको छ ।