बंगुरको सेकुवा र वियरको तालमा मुकुन्देले भाषण दिंदा यस्तो देखियो (भिडियोसहित)

काठमाडौं । समसामयिक बिषयमा आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे मुकुन्दे सामाजिक संजालका आलोचित पात्र हुन् । मुकुन्द घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् । यद्धपी फरक मत र आलोचित अभिव्यक्तिकै कारण सामाजिक संजालमा आलोचनाको शिकार हुन पुगेका मुकुन्देलाई गालीगलौज गर्ने देखि मर्ने धम्कि सम्म आइरहेका छन् ।

तर पनि त्यी सबै कुराहरुलाई उनि सहजै स्वीकार्दै हुड्छन बेवास्था गरिदिन्छन । धुर्मुश सुन्तलिको बिरोध गर्दै आइरहेका मुकुन्देले फेरि धुर्मुश सुन्तलिलाई ब्याङ्ग्या गर्दै आफ्नो फेसबुकबाट स्टाट्स पोस्ट गरेका छन । उनको स्टाट्स जस्ताको त्यस्तै:-

“आना सुका माग्नेहरुलाई १ हजार रुपैयाँ जरीवाना र १ महिना जेलमा थुन्ने कानुन आईसकेका बेला हाकाहाकी ३ अर्ब चन्दा मागेर करोडौं रुपैयाँ त उठाई पनि सकेका सुंगुरे समाजसेवीहरुलाई तत्काल पक्राउ गरिनुपर्छ, लुटिएको सम्पत्ति जफत होस्, सानालाई मात्रै ऐन र मागेरै करोडपति भएकाहरुलाई चैन नहोस्!”

बेलाबखत विवादित भाषण दिइरहने मुकुन्देको एउटा भिडियो बाहिरिएको छ। उक्त भिडियो केहि दिन अगाडी पत्रकार दिल निशानिले मुकुन्देलाई होटेलमा लगेर टन्नै वियर र सेतो बंगुरको मासु खाइरहेको अवस्थामा रेकर्ड गरिएको छ। हेरौं नशाको तालमा मुकुन्देको भाषण, भिडियो