रबि लामिछानेसँगको विवाह र राजिनामाबारे निकिताले दिइन् यस्तो जवाफ (भिडियो)

काठमाडौँ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले एकाएक गरेको राजिनामाको घोषणाले अहिले चलचित्र क्षेत्र तातेको छ। मङ्गलबार एक विज्ञप्तिमार्फत उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्।

‘माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र विकास बोर्डको अध्यक्षको पदबाट मन्त्रीज्यू समक्ष राजिनामा पेश गरेकी छु। व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु,’ उनले विज्ञप्तिमा लेखेकी छिन्।

केही हप्ता अगाडि पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी निकिताले ‘न्युज फिल्मी’सँग बिहे र राजीनामाबारेमा बोलेकी छिन्। हेर्नुस् भिडियो।