०७५ माघ २४ गते बिहिवार ई. सं. २०१९ फेब्रुअरी ०७ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आफ्नो काम आफुले भन्दा पनि अरुलाइ गराउनु पर्ने होला वा आफु भन्दा अरुमा बढी आसक्त हुनु पर्ला । छुट्टै फुर्ति र चुस्ती आउला । छोरा नाति आदि संग छिट्टै भेटने कुरा आदि होलान । सहयोग र सम्मान गर्नेहरू भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बनाउन सकिनेछ । मनोरञ्जनको समय छ, हिम्मत आदि बढ्ने छ । सबैलाई सहयोग गर्ने प्रयास गर्नु हुनेछ । कोहि कोहीलाई हेर्न छुट्ने छ । अलि बढी शक्ति जुटाउनु पर्नेछ किनकि आजको दिन महत्त्वपूर्ण हुने छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको बिज मन्त्र ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः जप्दा राम्रो हुने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

परिश्रम बिना फल पाउन गाह्रो हुनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । प्रतिफल अलि ढिला आउनेछ तर अबश्य आउनेछ । लत्ता कपडा किनिएला । रोकिएका काम बनाउन सकिनेछ तर सोचेको भन्दा धेरै लागत लाग्नेछ । आफ्नो सर सामान वाहन आदिको ध्यान दिएर मर्मत आदि गर्न सकिएला । बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको बिज मन्त्र ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः जप्दा राम्रो हुने गर्दछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

जे बोल्यो त्यहि सत्य नमाने पनि सब तपाई संग भने मिल्न बाद्द्य हुनेछ । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले आराम पनि चाहिने भन्ने बिचार आउने हुन्छ । मोज मस्ती आदि पनि गर्न पाउला । सोचेको जस्तै दाम्पत्य जीवन राम्रो हुनेछ । रमाइलो जमघट हुने देखिन्छ । परस्पर मित्रता स्थापित गर्न सकिनेछ । रोजगारी वा व्यवसायमा मद्दत गर्ने खाले नया ब्यतिहरु पाइएला । काम आदि पुरै फत्ते गर्न नसके पनि उल्झेको कामलाइ सहज बनौन सकिएला । कहिले मन प्रसन्न होला कहिले नहोला । स्वास्थ्य खराब होला ध्यान पुर्याउन आबश्यक छ ।

तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको बिज मन्त्र ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः जप्दा राम्रो हुने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । रोगलाइ दबाउन सकिएला । स्वास्थ्य बिस्तारै राम्रो होला । अकस्मात मित्रता स्थापित गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला, सजक रहनु होला । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला तर अरु सब ठिक छ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । दिनु पर्ने कुराहरु आदि भए तिर्न सकिएला । प्रतिस्पर्धीहरूको स्वतः हार हुनेछ । सहि तरिकाको बोलचालले सजिलै काम फत्ते पार्न सकिएला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको बिज मन्त्र ॐ श्रां श्रीं श्रौं सः चंद्राय नमः जप्दा राम्रो हुने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । सन्तानहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा निर्णय गर्नु पर्ला । हिसाब किताब अलि कति भए पनि सुल्झिनाले हल्का महसुस होला । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आएको छ, रमाइलो होला कि नहोला भन्ने खुल्दुली होला । सबै बिसयमा राम्रो–नराम्रो हुनेछ । भाइ बहिनीहरु सम्झेला । नौलो मित्त्रता सुरु हुन सक्छ वा नया मित्रजनहरु पाइएला । खुसि बढाउने अनुकुल स्थिति आउन सक्ने हुन्छ । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको बिज मन्त्र ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः ॥ जप्दा राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घर–छिमेक सबैलाइ फाइदा हुने काम प्राप्त हुन सक्छ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । बिबिध संघ संस्थामा चहारिनु पर्नेछ, अर्थात् संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । आमा आदिको बिशेष याद आउला । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको बिज मन्त्र ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः जप्दा राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ, बुद्धि लागे समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिएतापनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन्, मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुतिएला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । जन्मदिन वा बर्तबन्ध आदि महोत्सव होला । अरुले इज्जत गर्नेछ, सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छे मान्नेछ । आजको दिन वर पर घुमिरहनु पर्ने जस्तो बनाइदिन सक्छ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको बिज मन्त्र ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः जप्दा राम्रो हुने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले कमाउन चाहनेले जति मेहनत गरे त्यति लाभ होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । भित्र भित्र काम कुरा बिगार्नेहरु बढ्न सक्छ । अरुले त्यतिकै फसाउन सक्छन् । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । सामानहरुको किनमेल होला । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला, खोजेको लुगा कपडा, रत्न आदि पाईएला । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो र मंगल ग्रहको बिज मन्त्र ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः जप्दा राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काम बनोस या नबनोस सन्तुष्ट रहनेछ । मन प्रसन्न नै रहला । परिवारजनबाट टाढिनुपर्ला वा एक छिनको लागी छुट्टिनु पर्ला । भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । अवसरको खोजीमा भौतारिनु पर्ला । व्यतिको प्रभाले सबलाई अकर्षण गर्नेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । स्वास्थ्य भने आज धेरै राम्रो हुनेछ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको बिज मन्त्र ॐ ग्रां ग्रीं ग्रौं सः गुरूवे नमः ॥ जप्दा राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अकस्मात पैसाको आबश्यकता होला । के खाउ के खाउ हुन सक्छ । रमाइलो दिनको सुरु भएको देखिन्छ । ऋण आदि दिनु पर्ने कुराहरु भएदिन सकिएला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । ठुलो बाधाहरु हटाएर प्रगतिको मार्ग प्राप्त हुने बाटोहरु खोल्नेछन । तिर्थ यात्राको कुरा आउला वा जान पाइएला । नया नया काम कुराहरु आउला । विभिन्न काम, कार्यक्रम आदिमा सहभागी हुन पाउला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको बिज मन्त्र ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः॥ जप्दा राम्रो हुने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला । नभए सजिलो काम गाह्रो होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोर लगाएर पढ्नु पर्ने समय आएको छ । धर्म कर्म, आदि गर्नु पर्ने स्थिति आउलान । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला, परि परि आउला र तरी तरी जाला । प्रयत्न गर्दा आउने समस्याहरु सहजै समाधान हुनेछन् । कारोबारहरु बढ्ने देखिन्छ । ध्यान पुर्बक कामहरुमा अघि बढ्नु होला । बोल्ने बानीले सबैलाई समेट्न सकिनेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको बिज मन्त्र ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः॥ जप्दा राम्रो हुने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मेहनत गर्दा मात्र अलि बढी सफल होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ तर सबैमा सामेल आदि हुन नपाउन सक्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिबिध संघ संस्थामा जान आउन पाउला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको बिज मन्त्र ॐ ग्रां ग्रीं ग्रौं सः गुरूवे नमः ॥ जप्दा राम्रो हुने गर्दछ ।