“जीवन जिउने कला उनले भन्दा बढी कसले सिकाउन सक्छ ?”

काठमाडौँ।  चर्चित हाँस्यकलाकार तथा अभिनेता दिपक राज गिरिले जीवन जिउने कला पूर्वराजा ज्ञानेन्द्र शाहबाट सिक्नुपर्ने बताएका छन्।ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर रमाउँदै गरेका ज्ञानेन्द्रको तस्विर सहित गिरिले सामाजिक संजाल मार्फत जीवन जिउने कला पूर्वराजा ज्ञानेन्द्र शाहबाट सिक्नुपर्ने बताएका हुन्।

वैचारिक हिसाबले ज्ञानेन्द्र आफूलाई कहिल्यै मन नपरेको भएता पनि व्यक्तिको रुपमा भने ज्ञानेन्द्र एक पाठशाला रहेको गिरिको बुझाइ छ। सामाजिक संजाल फेसबुकमा उनी लेख्छन्,” वैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाइ ….तर, व्यक्ति ज्ञानेन्द्र चाहिं स्वयं एउटा पाठशाला हो।”

सबै कुरा गुमाउँदा पनि ज्ञानेन्द्र खुलेर रमाइरहेको प्रति सम्मान व्यक्त गर्दै गिरिले प्रशंसा गरेका छन्। जिन्दगी बाँच्ने कला ज्ञानेन्द्र भन्दा बढी अरु कसैले सिकाउन नसक्ने उनको जिकिर छ।

“सबै कुरा गुमाउँदा पनि यो मुस्कान , यो स्वच्छन्दता… जिन्दगी बाँच्ने कला उहाँले भन्दा बढी कस्ले सिकाउन सक्छ ? …..”,गिरिले प्रश्न गरेका छन्।