नेपालकाे भूमि हडपेर भारतले बल्ल मुख खोल्यो, दियो यस्तो लज्जास्पद प्रतिक्रिया

काठमाडौँ। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि ह’डप्न खोजेको भन्दै वि’रोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए। ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने। प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्वि’पक्षीय स’म्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए।

‘दुई देशबीच वि’वाद सिर्जना गराउने त’त्वबाट दुबै देश सचेत रहनुपर्छ। वि’वादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं’, उनले भने। त्यस्तै भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा वि’वादका बारेमा उत्तरी छिमेकी देश चीनले पनि मुख खोलेको छ । चीनले कालापानी क्षेत्रको वि’वाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने भन्दै आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ । नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेपछि बढेको बहस र चीनले समेत नेपालको भूमि मिचिरहेको भनेर आएको समाचारप्रति प्रतिक्रिया दिँदै चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले पहिलोपटक बिहीबार प्रतिक्रिया दिएका हुन् ।

हालै भारतले आफ्नो राजनीतिक नक्साभित्र कालापानीलाई समेटेपछि सीमावर्ती क्षेत्रमा विवाद बढ्दै गएको र चीनले पनि केही नेपाली भूभाग अ’तिक्र’मण गरेको बारे चीनको धा’रणा माग्न राखिएको जि’ज्ञासामा प्रवक्ताले जवाफसहितको प्रेस नोट पठाएका हुन् । ‘नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ,’ प्रेस नोटमा भनिएको छ, ‘चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ ।’ नेपाली भूमिलाई भारतले नक्साभित्र राखेपछि उत्तरको छिमेकीले पहिलोपटक सीमा व्यवस्थापन र सु’रक्षाका दृ’ष्टिले कूटनीतिक म’हत्त्वको धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ प्रवक्ताले नेपाल र चीनबीच सन् १९६१ मा सम्पन्न सीमा सम्झौताका आधारमा द्विदेशीय सीमा तय भएको र त्यसै आधारमा सीमांकन भएको समेत जानकारी दिएका छन् । ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनबाट नेपाली भूभाग अतिक्र’मणमा परेको भनेर दा’बी गरेको हामीले पाएका छौं । यो आरोप आधारहीन छ,’ चिनियाँ प्रवक्ताले भनेका छन्, ‘यी आरोपहरू जनसाधारणलाई सत्य के हो, झूट के हो, थाहा हुन नसकोस् भनेर ध्यान अन्यत्र मोड्ने उद्देश्यतर्फ केन्द्रित छन् ।’ बितेका वर्षहरूमा नेपाल–चीनबीच सीमा तथा सुक्खा बन्दरगाहका विषयमा राम्रो सहकार्य जारी रहेको उल्लेख गर्दै प्रवक्ताले पठाएको प्रेस नोटमा गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा द्विदेशीय सीमा व्यवस्थापन प्रणालीबारे पनि हस्ताक्षर भएको स्मरण गरिएको छ ।

‘नेपालको सीमा मामिलामा हुन सक्ने बाहिरी हस्तक्षेप हटाउन नेपालसँग थप सहकार्य गर्न चीनले इच्छा राख्दै आएको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘साझेदारी विकासको अवधारणालाई चीन अघि बढाउन चाहन्छ ।’ वाङले नेपाल–चीन सम्बन्धलाई अवमूल्यन गर्ने कुनै प्रकारको प्रयत्न सफल हुन नसक्ने अठोट पनि प्रकट गरेका छन् । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका प्रवक्तामार्फत आएको धारणालाई नै काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताले दोहोर्‍याएका हुन् । यसअघि चीन र भारतले कालापानी, लिपुलेक नाका हुँदै व्यापारिक मार्ग खोल्ने भनी गरेको वि’वादास्प’द समझदारीको नेपालमा निकै आलोचना भएको थियो । त्यसबारे भने चिनियाँ पक्षले प्रेस नोटमा केही बोलेको छैन ।

यसैगरी नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेले सीमा विवादबारे भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समक्षको ध्यानाकर्षण गराएका हुन् । उनले भारतीय समकक्षी मानव संसाधन विकास मन्त्री रमेश पोख्रियालसंगको भेटबार्तामा सीमा विवाद कुटनीतिक संवादबाट चाँडो समाधान गर्नुपर्ने बताए । महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका मन्त्री पोखरेल र भारतीय समकक्षीबीचको भेटमा दुई नेताबीच भारतले नेपाली भूभाग लिपुलेक क्षेत्र आफ्नो नक्सामा समेटेकोलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपालेकाअनुसार पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए । सो अवसरमा भारतीय मन्त्रीले नेपालका मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेकप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारीलगायतको सहभागिता उपस्थिति रहेको थियो ।काठमाडौं । भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो।-रासस