तीन बर्षमा पुल निर्माण सक्ने सम्झौता, एक बर्षमै ९० प्रतिसत काम पुरा

तुलसीपुर । दाङको ग्वारखोलामा बन्न लागेको पुल निर्माणको काम ९० प्रतिसत पुरा भएको छ । तुलसीपुरबाट जहदागाउँ, मानपुर हुँदै बेलझुण्डी निस्किने सडकखण्डबीचमा पर्ने ग्वारखोलामा निर्माण हुन लागेको पुलको काम ९० प्रतिसत पुरा भएको निर्माण कम्पनीले बताएको छ ।

तुलसीपुर–लमही सडकबीचमा पुलनिर्माणको कामले गति लिन नसकेको अबस्थामा ग्रामिण सडकका पुलले निर्धारित समयभन्दा आधा समय अघि नै पुरा हुने गरेका छन् । यस अघि अहिले निर्माण भईरहेको दुईकिलोमिटर तल अर्को पक्कि पुल पनि निर्धारित समय भन्दा करिक आधासमय अगाडिनै निर्माण भएको थियो ।

अहिले ग्वारखोलामा निर्माण भईरहेको घोराही–तुलसीपुर सडकखण्डबीचको पुलको करिब तीनकिलोमिटर तल निर्माण भईरहेको उक्त पुल निर्माण भएको एक बर्षमा करिब ९० प्रतिसत काम पुरा भएको ईञ्जिनियर बसन्त ज्ञवालीले बताए । ‘गतबर्षको माघ देखि काम शुरु भएको हो’ उनले भने‘ एक बर्षमा ९० प्रतिसत काम पुरा भईसकेको छ, अब हामीले फागुनमहिना भित्रै यो पुल सूचारु हुन्छ ।’

दाङको ग्वारखोलामा निर्माण भईरहेको तुलसीपुरको कपडादेखि जदगाउँ जोड्ने दुईसय मिटर लामो पुल तीन बर्षमा सक्ने सम्झौता भएपनि एक बर्षमा ९० प्रतिसत काम भएको र अब करिब एक महिना भित्र काम पुरा हुने निर्माण कम्पनीले बताएको छ ।

दुईसय २० मिटर उक्त पुल निर्माणको जिम्मा कालीका–रसुवा जेभिले लिएको छ । तीनबर्षमा सक्नेगरि सम्झौता भएको उक्त पुल निर्माणको काम डेढबर्षभित्रै पुरा हुन लागेको हो । करिब २२ करोडको लागतमा निर्माण हुन लागेको उक्त निर्माणको कामका लागि करिब एकसय भन्दा बढि मजदुर खटिने गरेको उनले बताए ।

उनका अनुसार ठेकेदारले चाहेमा निर्धारित समयभन्दा आधासमय अगाडि निर्माण गर्न सकिने उनको अनुभव छ । उनका अनुसार दुईमहिनामा पिल्लर उठाईसकिने उनको भनाई थियो । तर ग्वारखोलाबाहेक अन्य खोलामा निर्माण भईरहेका पुलमा पिल्लर उठान गर्न मात्रै पाँच बर्ष लागेको छ ।

घोराही–तुलसीपुरको ग्वारखोलाको काम ५० प्रतिसत पुरा

घोराही तुलसीुरसडक खण्डबीचमा पर्ने ग्वारखोलाको पुल निर्माणको जिम्मा पनि उक्त कम्पनिले पाएको छ । दुईवटा पुललाई ४५ करोडमा निर्माण गर्ने जिम्मा उक्त कम्पनीले पाएको हो । बैशाखदेखि काम शुरु भएको थियो, तर अहिलेसम्म ५०प्रतिसत काम पुरा भएको ईञ्जिनियर ज्ञवालीले बताए ।

आउँदो साउन, भदौ तिर उक्त पुलको निर्माण कार्य पनि पुरा गरिसक्ने उनको भनाई छ ।‘ तलको काम फागुनभित्रै सकिन्छ’ उनले भने‘तलको काम सकिसकेपछि माथिको काम पनि यही जनशक्तिले गर्ने हो, त्यो काम पनि असार, साउनमा सकिन्छ ।’

साथै निर्धारित समय भन्दा अगाडि निर्माण पुरा गरेको पुल निर्माणको काम कमसल हुन्छ, भन्ने कुराभ्रमित भएको समेत बताए । उनले निर्माण गरेको पाँचबर्षमा केही भएमा सम्बन्धित निर्माण कम्पनीले नै जिम्मा लिने बताए ।