यी ८ मन्त्रीहरु हटाउन कांग्रेसले दियो प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आठ जना मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत फेर्नुपर्ने आठ जना मन्त्रीको नामसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिँदै यति गरे पुग्छ भनेका छन्।

उनले फेर्नुपर्ने मन्त्रीको पहिलो नम्बरमा मातृका यादवको नाम लेखेका छन् भने आठौँमा सञ्चार मन्त्री गोकुल बाँस्कोटा भनेका छन्।

त्यसै गरी फेर्नुपर्ने अन्य मन्त्रीहरूमा थममाया थापा, चक्रपाणि खनाल, जगत बहादुर विश्वकर्मा, बिना मगर, उपेन्द्र यादव र रघुवीर महासेठको नाम लेखेका छन् । उपेन्द्र यादवलाई भने नमिल्ने होला भनेका छन्।