‘धुर्मुस सरकार हैन, उहा सँग मन छ तर धन छैन’

काठमाडौं। पछिल्लो समय सिताराम कट्टेल धुर्मुस ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’ निर्माणमा जुटेका छन्। अनेक विवाद र बाधा खेपेर निर्माण कार्य अगाडी बढेको रंगशाल निर्माणमा सिताराम आफै खटिएका छन् ।

देश निर्माणमा उनले अगाडी बढाएको कदमको सदैव तारिफ हुने गरेको छ। यहि बिचमा उनको समर्थनमा कलाकर कुमार कट्टेल जिग्रीले एउटा स्टाटस पोष्ट गरेका छन् । रंगशाल निर्माणमा सिताराम आफै खटिएका तस्बिरहरु शेयर गर्दै भाई कुमार कट्टेलले भाबुक स्ट्याटस लेख्दै धुर्मुस मन भएका तर धन नभएका व्यक्ति भनेका छन् ।

उनले धुर्मुस सरकार हैन, नेता, उधोगि, ब्यापारी र अरबपती पनि हैन बोरु बिकासको विश्वबिधालय हो भनेका छन् । उनले आफ्नो स्ट्याटसमा धुर्मुस ‘भोक तिर्खा नभनि रात दिन खटेर देश निर्माणमा लाग्ने उदाहरणिय एउटा देश बिकासको सिपाही हो’ भनेर लेखेका छन्।